काठमाडौं । नेपालको राजधानी काठमाडौं उपत्यकाको वायु सबैभन्दा खराब देखिएको छ । आज वायु प्रदूषण मापनमा काठमाडौं विश्वकै तेस्रो प्रदूषित सहर भएको हो ।
‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज काठमाडौं उपत्यका वायु प्रदूषणमा विश्वकै तेस्रो स्थानमा देखिएको हो । आज विश्वकै प्रदूषित सहरको पहिलो सूचीमा भियतनामको हनोई छ । दोस्रो स्थानमा भारतको राजधानी नयाँ दिल्ली छ ।
इन्डेक्सका अनुसार आज काठमाडौंको समग्र वायु गुणस्तर सूचकांक एक्यूआई १९७ छ भने पहिलो सूचीमा भियतनामको हनोई एक्यूआई २३८ रहेको छ । दोस्रो स्थानमा नयाँ दिल्लीको एक्यूआई २०२ रहेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को वायु गुणस्तर मापदण्डअनुसार एक्यूआई ५० सम्मको वायु ‘स्वस्थकर’ हुन्छ । एक्यूआई १०१ देखि १५० ‘अस्वस्थ कर’ हुन्छ ।
यस्तै, एक्यूआई २०१ देखि ३०० सम्म पुगेमा ‘अति अस्वस्थ कर’ र त्योभन्दा माथि भएमा ‘खतरनाक’ बन्दै जाने डब्ल्यूएचओको मापदण्ड छ ।