ट्याक्टर दुर्घटना हुँदा बुवाको मृत्यु, छोरा घाइते

0 Shares

काठमाडौं । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । घटनामा बालक घाइते भएका छन् ।

आइतबार राति खप्तड छेडेदह गाउँपालिका ५ को चिराल्नामा कच्ची सडक खण्डमा डोगडीबाट बुढिगंगातर्फ आउँदै गरेको भे२त १५८८ नम्बरको ट्याक्टर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनामा ट्याक्टर चालक बुढीगंगा नगरपालिका ४ खोलालवाडा बस्ने ३२ वर्षीय पदम रावतको मृत्यु भएको हो । उनको ट्याक्टरले च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरी जनाएको हो ।

ट्याक्टरमा सवार मृतक चालकका १२ वर्षीय छोरा शमशेर घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । ट्याक्टर सवार अन्य दुई जना सकुशल रहेका छन् ।

सम्बन्धित समाचार