घर पोत्ने माटो खन्दा ढिस्कोले पुरिएर महिलाको मृत्यु

0 Shares

काठमाडाैं । डोटीमा माटो खन्ने क्रममा ६० वर्षीया महिलाको मृत्यु भएको छ । शिखर नगरपालिका ७ बयरकोट बस्ने मन्धरी बलायरको माटोको ढिस्कोले पुरिएर आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी लिए ।

घर पोत्नका लागि रातो माटो खन्न घरभन्दा एक किलोमिटरको दूरीमा रहेको रानीवनमा गएकी बलायरको ढिस्कोले पुरिएर मृत्यु भएको हो । माटो खन्ने क्रममा सावधानी नअपनाउँदा डोटीमा बर्सेनि यस्ता घटना घट्ने गरेका छन् ।

सम्बन्धित समाचार