0
Shares
काठमाडौं । काठमाडौं उपत्यकासहित देशभर तीन पटक भूकम्पको धक्का महसुस गरिएको छ ।
शनिबार दिउँसो २ बजेर ३५ मिनेटमा चीनको तिब्बतस्थित डिङ्गे काउन्टी केन्द्रविन्दु भएर गएको भूकम्पको धक्का उपत्यकासहित आसपासको जिल्लामा महसुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो गएको भूकम्प ५ दशमलव ९ रिक्टर स्केलको थियो । यसअघि गत पुस २३ गते सोही स्थानमा ७ रिक्टर स्केलको भूकम्प भएको थियो ।
बिहान ६ बजेर २० मिनेटमा बागलुङको खुखानी केन्द्रविन्दु भई ४ दशमलव १ रिक्टर स्केलको भूकम्प गएको थियो । आजै बिहान ३ः१४ बजे म्याग्दीको मुरी आसपास केन्द्रविन्दु भएको ४ रिक्टरको भूकम्प गएको थियो