पांग्राबिना पाँच दर्जन यात्रु बोकेर बुद्ध एयरको जहाज अवतरण गरेपछि…

0 Shares

काठमाडौं । बुद्ध एयरको जहाज जनकपुर विमानस्थलबाट दिउँसो ४ बजेर ३९ मिनेटमा काठमाडाैंका लागि उडान भर्यो । बुद्धको (एन‑एएनएच) जहाज काठमाडौंमा अवतरण गरेपछि थाहा भयो, जहाजको अगाडिको पांग्रा छैन ।

६२ जना यात्रुसहित आएको जहाज सुरक्षित अवतरण भएपछि यो विषय सार्वजनिक भएको हो। जहाज एउटा पांग्रा (नोज ह्वील) नभएपछि अनुसन्धान सुरू भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले पांग्राबिना जहाज अवतरण भएको खबर पाएपछि जहाज ग्राउण्डेड गरी अनुसन्धान सुरू गरेको हो ।

अनुसन्धानका क्रममा जहाजको पांग्रा जनकपुर विमानस्थलको रनवेमा भेटिएको छ। जहाज उड्ने क्रममा पांग्रा झरेको हुन सक्ने प्राधिकरणले जनाएको छ ।

सम्बन्धित समाचार