होटलमा आगलागी हुँदा ४ जनाको मृत्यु

0 Shares

काठमाडाैं । बंगलादेशको राजधानी ढाकाको एक आवासीय होटलमा सोमबार भएको भीषण आगलागीमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ ।

६ तले भवनको पहिलो तल्लामा दिउँसो १२ः३१ बजे आगलागी भएको मिडिया सेलका निमित्त प्रवक्ता तल्हा बिन जाशिमले जानकारी दिए ।

अधिकारीका अनुसार होटलका पाहुना र कर्मचारीले भाग्ने प्रयास गरे । दोस्रो तलाको बाथरूमबाट एक जनाको शव र पाँचौं तलामा छततर्फ जाने सिँढी नजिकै तीन जनाको शव भेटिएको हो ।

बाक्लो धुँवाको मुस्लो परेपछि अधिकांश पीडितको निसास्सिएर मृत्यु भएको उनले बताए । उद्धारकर्मीले घाइतेलाई स्थानीय अस्पतालमा भर्ना गरेको हो । आगलागीको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार