काठमाडौं । मनकामना दर्शन गरि फर्केको माइक्रो बस दुर्घटनामा ज्यान गुमाउनेको सनाखत भएको छ । सोमबार बिहान गोरखाको शहीद लखन गाउँपालिका वडा नं- ३ मा इभी भ्यान दुर्घटना भएको थियो । उक्त दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने अन्य १४ जना घाइते भएका छन्।
दुर्घटनामा ज्यान गुमाउने चितवन खैरहनी गाउँपालिका-२ टाँडी पर्साका ३७ वर्षीय पदमबहादुर जर्जी हुन् । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार घाइते हुने १४ जना सबै खैरहनी गाउँपालिका-२ कै रहेका छन् ।
जसमध्ये १० वर्षका रितेश परियार, १३ वर्षका सन्ध्या परियार, २५ वर्षकी रुपा परियार, ५० वर्षकी हरिकला परियार, २९ वर्षकी गिता परियार, ४३ वर्षकी विमला परियार, ३१ वर्षका राजु परियार, १८ वर्षकी सुवना परियार, २१ वर्षका अभिषेक परियार, २६ वर्षका अनिसा परियार, ३६ वर्षका अर्जुन परियार, २६ वर्षका सुमित चौधरी, २० वर्षकी सञ्चिता आले र ३५ वर्षकी प्रमिला राना घाइते भएका हुन्।