0
Shares
काठमाडौं । संखुवासभाको खाँदबारी नगरपालिका ८ पिप्लेमा महिलाको शव फेला परेको छ । खाँदबारी ८ पिप्लेस्थित आदर्श टोलमा ३० वर्षीया यमकुमारी ढकाल पोख्रेलले शव फेला परेको हो ।
आज बिहान ५ बजे ३० वर्षीया पोख्रेलले शव घरभन्दा पाँच सय मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायब उपरीक्षक दक्ष कुमार बस्नेतले बताए । उनी शुक्रबार बेलुकी ८ बजेदेखि हराएकी थिइन् ।
प्रहरीका अनुसार पोख्रेलका श्रीमान्, एक छोरा र एक छोरी छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए । शव परीक्षणका लागि जिल्ला अस्पताल खाँदबारीमा राखिएको छ ।