0
Shares
काठमाडौं । प्रहरीले बसमा यात्रुको पाकेटमारी गरेको आरोपमा १० जनालाई पक्राउ गरेको छ । कलंकीबाट बसपार्क जाँदै गर्दा १२ फागुनमा ५१ वर्षीय पुरुषको पाकेटमारी भएको थियो ।
उनको साथमा रहेको ५० हजार रुपैयाँ पाकेट मारेर एक समूह फरार भएको थियो । पाकेट मारेको आरोपमा प्रहरी वृत्त स्वयम्भूले काभ्रेको मन्डनदेउपुर गाउँपालिका १० का ३६ वर्षीय श्याम तामाङलाई पक्राउ गरेको थियो ।
उनी पक्राउ परेसँगै थप ९ जना पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । पक्राउ पर्नेमा उनीसँगै काभ्रेको बेथानचोक गाउँपालिका ६ का ३२ वर्षीय सुमन मगर, धादिङका २७ वर्षीय विदुर कमल, धादिङकै विवेक ढुंगाना छन् ।
सिन्धुपाल्चोकका विकास तामाङ, काभ्रेका सनबहादुर तामाङ, सिन्धुलीका शंखबहादुर योञ्जन, रौतहटका आकाश तामाङ, काभ्रेका प्रकाश लामा र काभ्रेकै कसाङ तामाङ छन् ।