घर छाडेर हिँडेका युवकको शव फेला परे

0 Shares

काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ दोभानका युवक मृत अवस्थामा फेला परेका छन् ।

बुधबार आफू खुशी घर छोडी हिँडेका करिब ३५ वर्षीय श्याम नेसुरलाई आफन्तले खोज्दै जाने क्रममा घरदेखि करिब दुई किमी पूर्वतर्फ रहेको दोभानमा मृत अवस्था फेला परेको बागमती प्रदेश प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटनाको मुचुल्का कार्य पूरा गरी शव परीक्षणका लागि पाटन अस्पताल ललितपुर लगिएको छ । घटनाबारे अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार