0
Shares
काठमाडौं । सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर गएको ६.१ म्याग्निच्युडको भूकम्पले जिल्लामा सामान्य क्षति पुगेको छ ।
आज राति २ बजेर ५१ मिनेटमा गएको भूकम्पमा परी मानवीय र ठूलो भौतिक क्षति केही पनि भएको छैन । जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार आत्तिएर भाग्ने क्रममा लडेर एक जना कैदीको हात भाँचिएको छ ।
उनको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । यसैगरी कोदारीस्थित प्रहरी चौकीको भित्ता चर्किएको छ । भोटेकोशी गाउँपालिका ३ स्थित दुगुनागढीमा पहिरो खसेको छ । अरु विवरण आउन बाँकी छ ।
मातहतका सबै कार्यालयलाई सूचना संकलन गर्न प्रहरीले निर्देशन दिएको छ । सिन्धुपाल्चोकको भैरवकुण्ड केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।