0
Shares
काठमाडौं । मध्य राति काठमाडौं उपत्यकासहित आसपासको जिल्लामा ठूलो धक्का दिने गरी गएको भूकम्पको केन्द्रविन्दु नेपाल र चीनको स्वशासित क्षेत्र तिब्बतमा रहेको छ ।
राति २ बजेर ५१ मिनेटमा गएको भूकम्पको कम्पन लामो समयसम्म रहँदा निन्द्रामा रहेका नागरिक आत्तिएका थिए ।
भूकम्प सिन्धुपाञ्चोकको भैरवकुण्ड आसपास केन्द्र गरी ६.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । थप विवरण आउन बाँकी छ ।