0
Shares
काठमाडौं । बाटो खन्ने क्रममा ढुंगा खसेर अजिरकोट गाउँपालिका १, स्थित चिस्याङमा स्काभेटर चालकको मृत्यु भएको छ ।
बा प्र ०६-००१ क ०१३१ नम्बरको स्काभेटरले बाटो खन्दै गर्दा ढुंगागा खसेर लाग्दा चालकको मुत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
स्काभेटर चालक तनुहँको आँबुखैरेनी गाउँपालिका ६, घुमाउने घर भएका ४५ वर्षीय रामबहादुर आलेमगरको मृत्यु भएको हो ।
कालिका हाइड्रोपावरको ड्याम जानका लागि नयाँ ट्र्याक खोल्ने क्रममा माथिबाट ढुंगा खसेर स्काभेटर र चालकलाई लागेको थियो । चालक आलेमगरको घटनास्थलमै मृत्यु भएको हो ।