मन्दिरमा पानी लैजाँदै गर्दा दुर्घटना हुँदा दुई जनाको मृत्यु, दुई घाइते

0 Shares

काठमाडौं । धादिङमा ट्यांकर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटना थप दुई जना घाइते भएका छन् ।

गल्छी गाउँपालिका ३ गुप्तेश्वरभिरस्थित भित्री सडकमा आदामघाटबाट गुप्तेश्वर मन्दिरमा पानी लिएर जाँदै गएको ट्याक्टर दुर्घटना भएको हो ।

प्रहरीका अनुसार बा प्र ०१-००४ क ३३५२ नं.को पानी ट्यांकर ब्याक गर्ने क्रममा सडकबाट ५०० मिटर तल खसेको थियो ।

दुर्घटनामा गुजुरी ६ कै १८ वर्षीय प्रशान्त चेपाङ र सोही ठाउँका २० वर्षीय जयराम चेपाङको मृत्यु भएको हो । उनीहरुको प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृत्यु भएको हो ।

घाइते हुनेमा गजुरी गाउँपालिका ६ का १९ वर्षीय सिरिश चेपाङ र सोही ठाउँका १७ वर्षीय सुरेश चेपाङ रहेका छन् । उनीहरूको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार