0
Shares
काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले ८० जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ । बैठकमा सहभागी एक मन्त्रीले सहसचिवको सरुवाबारे जानकारी दिएका हुन् ।
बैठकले बिमा कम्पनीहरूको नियामक निकाय बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई नियुक्त गरेको थियो । यसैबीच विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङको बारेमा कुनै निर्णय गर्न सकेन ।