अघिल्लो साताभन्दा यो साता सुनको मूल्य बढ्यो, अहिले कति पुग्यो ?

0 Shares

काठमाडौं । स्थानीय बजारमा यो साता सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो साताको तुलनामा यो साता सुनको मूल्य तोलामा दुई हजार १०० रुपैयाँ बढेको छ ।

अघिल्लो साताको शुक्रबार सुनको मूल्य तोलामा १ लाख ६८ हजार १०० रुपैयाँ थियो । यो साताको अन्तिम कारोबार हिजो सुनको मूल्य बढेर १ लाख ७० हजार २०० रुपैयाँ पुगेको हो ।

यो मूल्य १० प्रतिशत भन्सार दर घटेपछि बढेर बन्न लागेको नयाँ रेकर्ड नजिकको हो । भन्सार दर घट्नुअघि सुनको मूल्य तोलामा १ लाख ७१ हजार रुपैयाँ पुगेको थियो ।

यसैबीच यो साता चाँदीको मूल्य घटेको छ । महासंघका अनुसार चाँदीको मूल्य यो साता १५ रुपैयाँ घटेको हो । अघिल्लो साताको शुक्रबार १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य हिजो (शुक्रबार) १ हजार ९७० रुपैयाँ कायम भएको छ ।

 

सम्बन्धित समाचार