0
Shares
काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को उपाध्यक्ष पदमा दुर्गा सोव र मानुषी यमि भट्टराई निर्विरोध भएका छन् । समावेशीअन्तर्गत भट्टराई महिला र सोव दलित क्लटरबाट चयन भएका हुन् ।
कूल ११ जना पदाधिकारी र ९९ जना केन्द्रीय सदस्यमध्ये ९० पदका लागि आज निर्वाचन हुँदै छ । उम्मेदवारविरुद्ध परेको दाबी विरोधपछि निर्वाचन समितिले अन्तिम नामावली प्रकाशित गर्दै छ ।
अध्यक्षमा डा. बाबुराम भट्टराई र नेत्रप्रसाद चापागाईंले उम्मेदवारी दिएका छन् ।
आइतबारदेखि प्रज्ञाभवन कमलादीमा सुरु भएको पार्टीको प्रथम महाधिवेशनमा निवर्तमान अध्यक्ष भट्टराईले ‘नयाँ युगको नयाँ कार्यभार ः वैकल्पिक राजनीतिको औचित्य र आधार’ सम्बन्धी राजनीतिक र सांगठनिक प्रतिवेदन पेस गरेका थिए ।