सुनको मूल्य सामान्य बढ्यो, चाँदीको घट्यो

0 Shares

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ भने चाँदीको मूल्य घटेको छ । यस दिन सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो भने चाँदीको मूल्य तोलामा २५ रुपैयाँको गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६८ हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ । गत शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य भने प्रतितोला २५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबारको बजारमा चाँदी एक हजार ९८५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

सम्बन्धित समाचार