सुनको मूल्य घट्यो, चाँदीको मूल्य कतिले बढ्यो ?

0 Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । यस दिन सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख ६० हजार ५०० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार छापावाला सुन प्रतितोला एक लाख ६० हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

त्यस्तै, चाँदीको मूल्य यस दिन पनि प्रतितोला ३० रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार ८८५ रुपैयाँमा किनबेच भईरहेको छ । हिजो चाँदी प्रतितोला एक हजार ८५५ रुपैयाँमा किनबेच भएको थियो ।

सम्बन्धित समाचार