काठमाडौं । नागरिक लगानी कोषको ३० औं वार्षिक साधारणसभाले आफ्ना शेयरधनीलाई सात प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश स्वीकृत गरेको छ । कोष सञ्चालक समितिका अध्यक्ष प्रा।डा। सूर्यबहादुर थापाको अध्यक्षतामा आइतबार सम्पन्न सभाले आर्थिक वर्ष २०८०र८१ को आम्दानी बाँडफाँड हिसाब विवरणमा छुट्याएको प्रस्तावित बोनस शेयर र नगद लाभांश स्वीकृत गरेको हो ।
त्यसैगरीस आर्थिक वर्ष २०८०र८१ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल गरी पारित भएको छ । योसँगै लेखापरीक्षकको प्रतिवेदनसहितको २०८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको हो । सभामा कोष सञ्चालक समितिका अध्यक्ष प्रा।डा। थापाले कोषको कार्यक्रमहरूको थप प्रवद्र्धन गरी स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका नेपालीहरूलाई कोषको कार्यक्रममा समावेश गर्दै लगिने बताए । कोषले पुँजी बजारमा समेत नेतृत्वदायी भूमिका खेलिरहेकोमा सो कार्य आगामी दिनमा थप प्रभावकारी ढंगले बढाइने जानकारी दिए । संगठन तथा व्यवस्थापन ९ओ एण्ड एम० गरी मानव संसाधन विकासलाई प्राथमिकतामा राखिने समेत उनले बताए । प्रा।डा। थापाले कोषमा विद्यमान सम्भावना तथा अवसरको उपयोग गर्दै समस्या एवं चुनौतीहरूलाई समाधान गरी लगानी व्यवस्थापन प्रभावकारी रूपमा बढाइरहेको धारणा राखे ।
साधारणसभामा शेयरधनीहरूबाट उठाइएका जिज्ञासाहरूको बारेमा अध्यक्ष प्रा।डा।थापा र कोषका कार्यकारी निर्देशकले जवाफ दिए । .कार्यक्रममा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले कोषको वस्तुस्थिति बारे बताउँदै शेयरधनीहरूबाट उठाइएका जिज्ञासा तथा सुझावबारे जानकारी गराए । कोषले सूचना प्रविधिलाई थप चुस्त बनाउनेतर्फ काम गरिरहेको बताउँदै कृृत्रिम बौद्धिकता ९ए।आई० को प्रयोग सम्बन्धमा सम्भाव्यता अध्ययन गरिरहेको उनले बताए ।
हाल आर्थिक तथा वित्तीय क्षेत्रमा शिथिलता देखिएको अवस्थामा समेत कोषले शेयरधनीलाई तुलनात्मक रूपमा राम्रो लाभांश दिन कोष सफल भएको कार्यकारी निर्देशक कार्कीले बताए । साधारणसभामा प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष २०८०र८१ को असोज मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम दुई खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । उक्त अवधिमा कोषले दुई खर्ब ५० अर्ब रुपैयाँ लगानी गरेको छ ।