नेपाल प्रहरीका २५ जना एसपी बढुवामा सिफारिस

0 Shares

काठमाडौँ । गृह मन्त्रालयअन्तर्गत बढुवा समितिले प्रहरी उपरीक्षक(एसपी) पदबाट २५ जना प्रहरी उपरीक्षकहरुलाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमा बढुवाका लागि सिफारिस गरेको छ ।

नेपाल प्रहरीका जनपद प्रहरी समूहतर्फका उनीहरुलाई पुस २९ गते बसेको बैठकले सोही समूहतर्फ बढुवाका लागि सिफारीस गरेको हो ।जसअनुसार नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा कार्यरत रेशम थापा सूचीको पहिलो नम्बरमा छन् ।

त्यसपछि क्रमशः अजय केसी, अनुपम शम्शेर जबरा, बीरबहादुर बुढामगर, नवराज अधिकारी, कृष्णप्रसाद कोइराला, होबिन्द्र बोगटी, कृष्णप्रसाद पंगेनी, गोबिन्द अधिकारी, बिनोद सिलवाल, श्याम कुमार महतो , बेद विष्ट, शिवकुमार श्रेष्ठ, प्रकाश मल्ल, शान्तिराज कोइराला, जनार्दन जीसी, रञ्जु सिग्देल, सन्तोष खड्का, सन्तोष कुमार भट्टराई, राजेन्द्रप्रसाद धमला, सन्तोषसिंह राठौर, सञ्जय सिंह थापा, बिमलराज कँडेल, महेन्द्र खड्का र प्रभुप्रसाद ढकाल बढुवा सिफारिसमा परेका हुन् । बढुवा समितिले प्रहरी नियमावली, २०७१ को नियम २७ को उपनियम ४ अनुसार उनीहरूलाई सिफारिस गरेको हो।

सम्बन्धित समाचार