तोलामा १६ सय रुपैयाँ बढ्यो सुन

0 Shares

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदी दुबैको मूल्य बढेको छ। यस दिन सुनको मूल्य तोलामा १६ सय रुपैयाँ बढेको छ भने चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासँघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५५ हजार ७०० रुपैयाँ रहेको छ। अघिल्लो दिन अर्थात गत शुक्रबार यस्तो सुन प्रतितोला १ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, गत शुक्रबार तोलाको १ हजार ८४५ रुपैयाँमा कारोबार भएको चाँदी यस दिन तोलाको १ हजार ८६० रुपैयाँमा कारोबार भइरहेको छ।

सम्बन्धित समाचार