काठमाडौं । नेपाली बजारमा साताभर सुनचाँदीको मूल्यमा उतार चढाव भइरह्यो । अघिल्लो साताको शुक्रबार प्रतितोलामा एक लाख ५० हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य यो शुक्रबार एक लाख ५३ हजार ५०० रुपैयाँ कायम भयो ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार यो साता सुनको मूल्य दुई हजार ८०० रुपैयाँ बढेको छ । साताको पहिलो दिन आइतबार एक लाख ५० हजार २०० रुपैयाँ कायम भएको सुनको मूल्य सोमबार बढेर तोलामा एक लाख ५० हजार ६०० रुपैयाँ पुग्यो ।
मंगलबार घटेर तोलामा एक लाख ४९ हजार ६०० रुपैयाँ कायम हुँदा बुधबार एक लाख ५१ हजार रुपैयाँ पुग्यो ।
बिहीबार १ लाख ५१ हजार ५०० कायम हुँदा शुक्रबार फेरि बढ्दै एक लाख ५३ हजार ५०० कायम भएको महासंघले जनाएको छ ।
यता, चाँदीको मूल्य शुक्रबारसम्म आइपुग्दा एक हजार ८१० रुपैयाँ कायम भएको छ । अघिल्लो शुक्रबार प्रतितोला एक हजार ८१५ रुपैयाँ कायम भएको थियो ।