टाउकोमा गोली हानी हत्या गरिएको अवस्थामा गाडी भित्र पुरुषको शव फेला

0 Shares

वीरगन्ज । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा गोली हानी हत्या गरिएको अवस्थामा एक पुरुषको शव भेटिएको छ ।

शनिबार बिहान जितपुर सिमरा उप महानगरपालिका-११ दुधौरा खोला नजिकै हत्या गरिएको अवस्थामा पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक बलराम श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बागमती प्रदेश ०१ ०२८ च ७६१६ नम्बरको कारमा पुरुषको शव भेटिएको हो । घटनाको बारेमा अनुसन्धानको लागि बाराका एसपी महेन्द्र खड्कासहित इलाका प्रहरी कार्यालय सिमराको प्रहरी टोलि घटनास्थलमा पुगेको छ ।

मृतक पुरुषको पहिचान खुल्न बाँकी रहेको तथा उनको टाउकोमा चोट रहेको घटनास्थलमा पुगेका एसपी महेन्द्र खड्काले जानकारी दिए ।

 

सम्बन्धित समाचार