काठमाडौँको मौसम सामान्य, अरू स्थानको अवस्था कस्तो ?

0 Shares

काठमाडौँ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसका कारण कोशी प्रदेशमा आंशिक बदली तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ ।

गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । आज राति पनि देशभर मौसम मुख्यतया सफा रहने छ ।

काठमाडौँमा मंगलबारको तुलनामा आज तापक्रम केही बढी छ । बिहान पौने ६ बजेको तापक्रम ५.१ डिग्री सेल्सियस छ । हिजो यही समय काठमाडौँको न्यूनतम तापक्रम ४.८ डिग्री सेल्सियस थियो ।

सम्बन्धित समाचार