0
Shares
काठमाडौँ । सवारी दुर्घटना गराएपछि पक्राउ परेका झाँक्री भनिने प्रकाश भुजेललाई अनुसन्धानका प्रहरीले अदालतबाट पाँच दिन म्याद लिएको छ । जिल्ला अदालत काठमाडौँले उनलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
भुजेलले हाँकेको गाडीको ठक्करबाट मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको थियो । केहीबेर फरार बनेका उनले बेलुकी बौद्ध प्रहरीमा पुगेर आत्मसमर्पण गरेका थिए ।
दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक नारायण नगरकोटीको उपचार क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको थियो । पछाडि बसेकी उनकी पत्नी सानुमाया नगरकोटी गम्भीर घाइते भएकी छन् । उनको ग्राण्डी अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
झाँक्रीमाथि प्रहरीले सवारी ज्यान मुद्दा लगाउने तयारी गरेको छ ।