फलामको फोक्सोले बाँचेका पलको ७० वर्षको उमेरमा निधन

0 Shares

काठमाडौं । सात दशक आफ्नो शरीरमा ‘फलामको फोक्सो’ राखेर जीवन बिताउँदै आएका पल अलेक्जेण्डरको निधन भएको छ ।

‘पोलियो पल’ भनेर चिनिने पलको ७८ वर्षको उमेरमा निधन भएको समाचारमा जनाइएको छ । सन् १९४६ मा जन्मेका उनलाई ६ वर्षको उमेरमा पोलियोका कारण पक्षघात भएको थियो ।

पोलियोका कारण उनी आफ्नो टाउको, घाँटी र मुख मात्र चलाउन सक्थे । अमेरिकामा पोलियोको व्यापक महामारी भएकाले पीडित विरामीलाई फलामको फोक्सो राखेर सास फेर्न सहज बनाउने गरिन्थ्यो ।

समाचारमा जनाइएअनुसार अलेक्जेण्डरको मृत्युको मुखमा पुगेपछि ८ वर्षको हुँदा शरीरमा फलामको फोक्सो जोडिएको थियो । अलेक्जेण्डरले ७० वर्षसम्म यसैगरी जीवन बिताए ।

यत्तिको पीडादायी जीवन हुँदासमेत उनले घरबाट स्कुल पढेर २१ वर्षको उमेरमा ग्र्याजुएट भए । उनले सन् २०२० मा आत्मकथा पनि लेखेका छन् । उनलाई धेरैले प्रेरणाका स्रोत मान्दै आएका छन् ।

सम्बन्धित समाचार