0
Shares
काठमाडौं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आइतबार बस्ने भएको छ । शुक्रबार बस्ने भनिए पनि छठ पर्वको दोस्रो दिन भएकाले बैठक आइतबार सारिएको हो ।
आइतबार विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा हुने एक पदाधिकारीले जानकारी दिए । बैठकमा भर्खरै हुन थालेको स्थानीय उपनिर्वाचन, केन्द्रीय समिति तयारी र जनवर्गीय संगठनका विषयमा छलफल गर्ने तयारी गरिएको छ ।