बालिका बलात्कार आरोपमा पक्राउ परेका सशस्त्रका जवानले झुण्डिएर गरे आत्माहत्या

0 Shares

रुपन्देही । दाङमा जबरजस्ती करणीको मुद्दामा पक्राउ परेका सशस्त्र प्रहरी जवान रेवन पचभैया मगरले वडा प्रहरी कार्यालय घोराहीमा आत्महत्या गरेका छन् ।

प्युठान बडडाँडा घर भएका प्रहरी जवान मगरलाई भालुवाङमा केही दिन पहिले नाबालिग करणी आरोपमा प्रहरीले पक्राउ गरेको थियो । गन्जी र टिसर्टको पासो लगाएर शौचालयमा झुन्डिएको अवस्थामा आज बिहान ५ बजे शव फेला परेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

दशैंको फूलपातीको दिन भालुवाङमा रहेको सशस्त्र प्रहरीका दुई जनाले दुई बालिकालाई बलात्कार गरेको अभियोगमा उनीसहित दुई सशस्त्र प्रहरीलाई पक्राउ गरी अनुसन्धान भइरहेका छ ।

स्थानीयले शक्तिको आडमा आरोपीलाई जोगाउन खोजेको भन्दै लगातार १५ दिन आन्दोलन गरेपछि उनीहरूलाई पक्राउ गरी अनुसन्धान थालिएको हो ।

सम्बन्धित समाचार