प्रहरीले भन्यो- रविमाथि कुनै दुर्व्यवहार भएको छैन

0 Shares

काठमाडौँ । पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रहरीले कुनै दमन तथा दुव्र्यवहार नगरेको जनाएको छ । यी विषय भ्रामक रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको हो ।

सहकारी ठगी, संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेको समर्थनले अनुमानका भरमा कपोलकल्पित भ्रमपूण कुराहरु फैलाइएको भन्दै प्रहरीले असन्तुष्टि जनाएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिसमेत रहेका रवि लामिछानेलाई गत असोज २ गते पार्टी कार्यालय काठमाडौँबाट पक्राउ गरी कास्की लगिएको थियो ।

‘केही दिनयता विभिन्न सामाजिक सञ्जालमा अनुसन्धानको क्रममा रहेका पूर्वउपप्रधान तथा गृहमन्त्री माननीय रवि लामिछानेलाई प्रहरीका कर्मचारीले सम्मानित इजलासमा आदरार्थी शब्दको प्रयोग नगरेको, इजलासमा हतियारसहित प्रवेश गरेको, धम्काएको जस्ता भ्रामक, झुट्टा र अनुमानमा आधारित कपोलकल्पित भ्रमपूर्ण विचार टिकटक लगायतका सामाजिक सञ्जालमा सम्प्रेषण भएको सन्दर्भमा यस जिल्ला प्रहरी कार्यालय, कास्कीको गम्भिर ध्यानाकर्षण भएको छ,’ प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

प्रहरीले गलत सूचनाको सम्प्रेषण र सन्देश प्रवाह हुने र मुद्दाको तथ्यपूर्ण अनुसन्धानमा नकारात्मक प्रभाव पर्ने गरी भ्रम नफैलाउन आग्रह गरेको छ ।

सम्बन्धित समाचार