0
Shares
काठमाडौँ । महिलालाई बलात्कार गरी भिडिओ बनाएर धम्क्याएको आरोपमा सप्तरीको राजविराजमा एक रेस्टुरेण्ट सञ्चालक पक्राउ परेका छन् ।
राजविराज नगरपालिका ४ स्थित ‘तन्दुरी रेस्टुरेण्ट’का सञ्चालक २८ वर्षीय आकाश आदर्श भनिने आकाश साहलाई पक्राउ गरिएको हो । उनले आफ्नै रेस्टुरेण्टमा काम गर्न राखिएको महिलालाई बालात्कार गरी भिडिओ बनाएका थिए । उनले सोही भिडिओ देखाउँदै पटक-पटक यौन हिंसा गरेको अभियोग छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बिरामी भएर कोठामा आराम गरिरहेकी महिलालाई साहले बलात्कार गरी भिडिओ बनाएका थिए । भिडिओ सामाजिक सञ्जालमा भाइरल गरिदिने भन्दै साहले पटक-पटक यौन हिंसा गर्दै आएको पीडितको आरोप छ ।
पीडित महिलाको उजुरीपछि जिल्ला प्रहरी कार्यालय सप्तरीको टोलीले साहलाई उनको घरबाट पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।