प्रधानमन्त्री अ‍ोलीले किन बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

0 Shares

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । बैठक साँझ सवा ५ बजे सिंहदरबारमा बस्ने गरी बोलाइएको हो ।

यसअघि शुक्रबार मन्त्रिपरिषद् बैठक बसेर संक्रमण कालीन न्यायिक आयोग गठनका लागि सिफारिस समिति गठनसहित विभिन्न निर्णय गरेको थियो ।

आइतबार साँझ प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाबीच भेटवार्ता भएको थियो । सत्तारुढ दलका शीर्ष नेताको भेटसँगै ओलीले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका हुन् ।

शुक्रबार साँझ पार्टी कार्यालयबाट सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेसँगै सिंगो राजनीति तरंगित बनेको छ । यसैबीच सरकारले अध्यादेश ल्याएर एमालेबाट फुटेर गएको नेकपा एकीकृत समाजवादी पार्टी फुटाउने आशंका गरिएको छ ।

आइतबार साँझ बसेको बैठकमा कांग्रेसबाट देउवासहित महामन्त्री गगन थापा, परराष्ट्रमन्त्री आरजु राणा देउवा सहभागी भएका थिए । एमालेबाट ओलीसहित महासचिव शंकर पोख्रेल र उपाध्यक्ष विष्णु पौडेल सहभागी थिए ।

सम्बन्धित समाचार