दशैँ मनाउन घर आए, श्रीमतीको हत्या गरी टाउको बोकेर हिँडे

0 Shares

काठमाडौँ । उदयपुरमा एक पुरुषले श्रीमतीको हत्या गरी टाउको बोकेर बजारमा हिँडेको अवस्थामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका ६ जलजले बस्ने ३६ वर्षीय जंगबहादुर घिसिङ छन् । उनले मंगलबार साँझ पत्नी २८ वर्षीया प्रमिला लामाको हत्या गरी टाउको बोकेर हिँडेको प्रहरीले जनाएको छ ।

भारतबाट दशैँ मनाउन घर आएका उनले विवादपछि पत्नीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनीहरूका दुई बच्चा छन् । प्रमिलाले शमशेर तामाङको घरमा डेरा लिएर चियाको व्यापार गर्दै आएकी थिइन् ।

सम्बन्धित समाचार