0
Shares
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष पत्रकार सम्मेलन आह्वान गरेका छन् । १० दिन लामो अमेरिका भ्रमण सकेर सोमबार स्वदेश आइपुगेका उनले दिउँसो ४ बजे पत्रकार सम्मेलन राखेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पत्रकार सम्मेलन हुने उनको सचिवालयले जनाएको छ । गत शुक्रबार र शनिबार देशभर भिषण वर्षा हुँदा बाढी पहिरोमा परी २१७ जनाको शव फेला परेको छ । दर्जनौँ बेपत्ता छन् भने हजारौँ अलपत्र परेका छन् ।
देशमा विपदले पारेको असरबारे सम्बोधन गर्न उनले पत्रकार सम्मेलन गर्न लागेका हुन् । अमेरिकाको पूर्वनिधारित कार्यक्रम सकेर हिजो मात्रै उनी स्वदेश फिर्ता भएका थिए । अहिले उनको चर्को आलोचना भइरहेको छ ।