0
Shares
काठमाडौं । सरकारले प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा एक अर्ब रुपैया दिने निर्णय गरेको छ । सोमबार राती बसेको मन्त्रिपरिषद् बैठकले कोष निर्माण गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
यस्तै मन्त्री गुरुङले कोषमा प्रधानमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब दिने बताए । यस्तै बाढी पहिरोमा ज्यान गुमाउने परिवारलाई प्रति व्यक्ति दुई लाख रुपिँया दिने निर्णय भएको छ ।