पेट्रोलियम पदार्थको मूल्य घट्यो

0 Shares

काठमाडौं । नेपाल आयल निगमले दशैलाई लक्षित गरेर पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको छ ।

सोमबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र मट्टितेल तथा डिजेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य घटाएको हो ।

जसअनुसार अब पेट्रोल पहिलो वर्गमा प्रतिलिटर पहिलो वर्गमा १५५.५०, दोस्रो वर्गमा १५७ र तेस्रो वर्गमा १५८ रुपैयाँ भएको छ ।

डिजेल र मट्टितेलको पहिलो वर्गमा प्रतिलिटर १५४.५०, दोस्रो वर्गमा १४६ र तेस्रो वर्गमा १४७ रुपैयाँ पुगेको छ । यो मूल्य सोमबार राति १२ बजेदेखि लागू हुनेछ ।

सम्बन्धित समाचार