दाङ ।
नेकपा एमालेका महासचिव शंकर पोखरेलले विदेश गएका आफ्ना छोराछोरीलाई पार्टी काममा लगाउन निर्देशन दिएका छन् । दाङको तुलसीपुरमा भएको लुम्बिनी प्रदेशका केन्द्रीय कमिटी सदस्यसँगको छलफलमा आइतबार महासचिव पोखरेलले नेपालमा हुँदा पार्टीमा रहेका नेताका छोराछोरी विदेश गएर निस्क्रिय बन्दा पार्टीलाई घाटा लाग्ने बताएका हुन् ।
नेपाल हुँदा पार्टीमा रहेका नेताका छोराछोरी विदेश गएर निष्क्रिय हुने गरेको पोखरेलले बताए । पोखरेलले भने, ‘विदेश गएका छोराछोरीमा पार्टी काममा पनि लगाउनुस् । विदेशमा रहेको केही युवा जमातले दलहरू प्रति बिषाक्त विचार प्रवाह गर्दै छन् । उनीहरूलाई सहि राजनीतिक स्कुलिङ दिन विदेश भएका कार्यकर्तालाई परिचालन गर्नुपर्छ ।’
एमालेले ४० बर्ष मुनीका युवालाई लक्षित गरी युवाहरुको शिखर सम्मेलन राख्ने तयारी गरेको जानकारी दिँदै महासचिव पोखरेलले युवालाई आकर्षित गर्ने र पुराना कार्यकर्ताहरुलाइ जोड्नेगरी प्रभावकारी योजना निर्माण गरिने बताए ।