काठमाडौँमा ट्रकले ठक्कर दिँदा एक जनाको मृत्यु, एक घाइते

0 Shares

काठमाडौँ । काठमाडौँ महानगर १६ स्थित म्हैपीको विष्णुमती करिडोर सडकमा ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ ।

बा ४ ख ८६८५ नम्बरको मिनी ट्रकले ग १४ प ६४४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । घटनामा मोटरसाइकल चालक बाग्लुङ नगरपालिका १२ का २५ वर्षीय विनोद खड्काको मृत्यु प्रहरीले जनाएको छ ।

उनको ट्रमा सेन्टरमा उपचार हुँदै गर्दा मृत्यु भएको हो । मोटरसाइकलमा सवार अर्का एक जना घाइते भएका छन् । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार