गाडी किन्न बैंकहरूको विशेष अफर, कुन बैंकले कति व्याजदरमा ऋण दिन्छ ?

0 Shares

काठमाडौँ ।  चाडबाडका लागि गाडी विक्रेता कम्पनीहरूले विभिन्न अफर ल्याएर ग्राहक तान्ने प्रयास गरेसँगै बैंक तथा वित्तीय संस्थाले पनि कर्जाका लागि आफ्ना योजनाहरू सार्वजनिक गरेका छन् ।

यतिबेला बैंकहरूसँग पर्याप्त लगानीयोग्य रकम छ । यसकारण विभिन्न योजनामार्फत ग्राहकलाई आफूतिर तान्ने बैंकहरूले प्रयास गरेका छन् । यतिबेला बैंकहरूले विद्युतीय सवारी (ईभी) मा ८० प्रतिशतसम्म लगानी गरिरहेका छन् । केही बैंकको योजना यस्ता छन् ।

एनआईसी एसिया बैंक
एनआईसी एसिया बैंकले कम्तीमा ४ लाखदेखि बढीमा २ करोड रुपैयाँसम्म अटो लोन दिइरहेको छ । यसको अवधि बढीमा १५ वर्ष तोकिएको छ । विद्युतीय गाडीमा ८० प्रतिशत र पेट्रोलियम पदार्थबाट चल्ने गाडीमा मूल्यको ५० प्रतिशत लगानी गरिरहेको बैंकले जनाएको छ । बैंकले ११.९९ प्रतिशत फिक्स्ड ब्याजदर र फ्लोटिङ दुवैमार्फत अटोलोन दिइरहेको छ ।

एनआईएमबी
एनआईएमबीले गाडी कर्जामा विद्युतीय सवारीलाई प्राथमिकता दिएको छ । बैंकले विद्युतीय गाडीमा ७.६४ मा १ प्रतिशत अर्थात् आफ्नो आधार दर मा १ प्रतिशत मात्र प्रिमियम चार्ज गरेर कर्जा उपलब्ध गराउने जनाएको छ । पेट्रोलियम गाडीका लागि भने बैंकले आधार दरमा २ प्रतिशत प्रिमियम लिइरहेको छ । गाडी कर्जाका लागि बैंकले ०.२५ प्रतिशत सेवा शुल्क तोकेको छ ।

नबिल बैंक
नबिल बैंकले गाडी कर्जाका लागि ५ वर्षे र ७ वर्षे स्थिर ब्याजदर प्रस्ताव गरेको छ । बैंकले ५ वर्षका लागि ८.२५ प्रतिशत र ७ वर्षका लागि ८.४९ प्रतिशत ब्याजदर सार्वजनिक गरेको छ । ०.७५ प्रतिशत सेवा शुल्क तोकेको बैंकले विद्युतीय गाडीमा ८० प्रतिशत र अन्यमा ५० प्रतिशत लगानी गर्ने जनाएको छ ।

सम्बन्धित समाचार