0
Shares
काठमाडौँ । नेप्सेमा आज भारी गिरावट आएको छ । आइतबार नेप्से ५६.१६ अंकले घटेर २६९३.४० विन्दुमा पुगेको हो ।
आइतबार ३३७ कम्पनीको कूल दुई करोड ६० लाख ८४ हजार ८८ कित्ता शेयर एक लाख २९ हजार ७९३ पटक कारोबार हुँदा १० अर्ब ४४ करोड चार लाख ९९ हजार ११२ मा खरिद बिक्री भएका छन् ।
त्यस्तै, आज सुपर माइ हाइड्रोको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने पिपुल्स हाइड्रो र माइ खोला हाइड्रोको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
आज गुडविल फाइनान्सको सबैभन्दा बढी ५२ करोड ३१ लाख १० हजार ४९२ को रकम बराबरीको खरिद बिक्री भएको छ । सानिमा लार्ज क्याप फण्डको सबैभन्दा बढी ८ लाख ४ हजार ८०९ कित्ता शेयर कारोबार भएको छ ।