अमेरिकामा मुनाको हत्यामा संलग्न अभियुक्तको तस्बिर सार्वजनिक

0 Shares

काठमाडौँ । अमेरिकामा हत्या भएकी नेपाली युवती मुना पाण्डेमाथि गोली चलाउनेको तस्बिर प्रहरीले सार्वजनिक गरेको छ ।

अमेरिकामा नेपाली पत्रकारहरूले सञ्चालन गरेको पोर्टल नेप्योर्कका अनुसार अभियुक्तको तस्बिर सार्वजनिक भए पनि पहिचान खुल्न सकेको छैन । सीसीटिभी फुटेजअनुसार मुना मृत भेटिएको स्थानमा अभियुक्त अगस्ट २४ को बेलुका ९ बजेर ४८ मिनेटमा देखिएको प्रहरीले जनाएको छ ।

अमेरिकाको टेक्सास राज्यको ह्युस्टनस्थित अपार्टमेण्टमा नेपाली विद्यार्थी मुना पाण्डेको गोली हानेर हत्या गरिएको थियो । नेपालमा भोजपुरकी पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् । २१ वर्षीया मुनाको हत्या किन भयो ? भन्नेबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार