अवैध सुनसहित त्रिभुवन विमानस्थलबाट दुई जना पक्राउ

0 Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुई जना पक्राउ परेका छन् । कतारबाट ल्याएको अवैध सुनसहित उनीहरू पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा नवलपरासीको बर्दघाट नगरपालिका ४ का २७ वर्षीय प्रशान्त गैरे र सप्तरी सुरुङ्गा नगरपालिका ३ का ४१ वर्षीय सन्तोषकुमार कुँवर छन् । विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङबाट उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहररुको साथबाट प्रहरीले ८१ ग्राम सुन बरामद भएको जनाएको छ । हिमालयन एयरलाइन्सको उडानद्वारा कतारबाट गैरे काठमाडौं आएका थिए ।

उनले ल्याएको सुन कुँवरले लिएका थिए । पक्राउ परेका दुवै जनालाई अनुसन्धासहित कारबाहीका लागि प्रहरी वृत्त गौशालामा पठाइएको छ ।

सम्बन्धित समाचार