काठमाडौं
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक सामाजिक परिवर्तनका लागि जनतालाई जागृत गर्न सांस्कृतिक ऐतिहासिक भूमिका रहेको बताएका छन् ।
जनगायक जेवी टुहुरेको तेस्रो स्मृति दिवसका अवसरमा जेवी टुहुरे फाउण्डेसनले आयोजना गरेको स्मृति दिवस तथा स्रष्टा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले दर्शन, सिद्धान्त र राजनीतिका धेरै कुरा गरेर भन्दा गीत, संगीतका थोरै प्रस्तुतिबाट जनतामा धेरै भन्दा धेरै जागरण पैदा गर्न सकिने बताएका हुन् ।
अध्यक्ष प्रचण्डढले सांस्कृतिक यौद्धाहरु जीवनभर जनतामा जागरण पैदा गर्दैगर्दै पर्ने र मरिसकेपछि पनि युगयुगसम्म जागरण पैदा गरिरने र कहिल्यै नपर्ने बताए । पारिजातको कविता उधृत गर्दै प्रचण्डले सहिदहरु कहिल्यै नमर्ने बरु उनीहरु युगयुगसम्म नारा भएर घन्किरहने उल्लेख गरे ।
जेवी टुहुरे फाउण्डेसनले एक लाख राशीसहितको जेवी टुहुरे सम्मान २०८१ मनरोपरान्त अर्का जनगायक खुशीराम पाख्रिनलाई समर्पण गरेको छ । इच्छुक प्रतिष्ठानको सभाहलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सबै सांस्कृतिक यौद्धाहरुलाई एकैसाथ सम्झन पाउनु खुशी र गौरवको विषय भएको बताए ।
‘महान सहिद कृष्णसेन इच्छुकको स्मृतिमा निर्मित भवनमा जेवी टुहुरेको स्मृति दिवसमा खुशीराम पाख्रिनलाई मरोनोपरान्त सम्मान गर्न पाउँदा निकै गौरवान्वित महसुस गरेको छु’– प्रचण्डले भने, ‘मेराका लागि यो निकै खुशी र गर्वको क्षण हो ।’
सेन, टुहुरे र पाख्रिन जस्ता सांस्कृतिक यौद्धाहरुले गरेको योगदान र बलिदानकै कारण श्रमिक वर्गमा चाँडै चेतना जागृत भएको र सामन्तवादको अन्त्य गर्न संभव भएको अध्यक्ष प्रचण्डको भनाई थियो । ठूलो बलिदानपछि आएको परिवर्तन संस्थागत गर्ने क्रममा पाख्रिन र टुहुरेलाई नीति निर्माण तहमा लैजान सकिएकोमा खुशी व्यक्त गरे ।