५३ वर्षीय श्रीमतीको हत्या अभियोगमा पुरुष पक्राउ

0 Shares

काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका ८ बाट श्रीमतीको हत्या अभियोगमा एक जनालाई पक्राउ गरिएको छ ।

सामान्य घरायसी विवादमा हिजो साँझ आफ्नी ५३ वर्षीया श्रीमती रञ्जना गौतम अधिकारीको हत्या गरेको अभियोगमा ओमप्रकाश अधिकारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णकुमार चन्दले जानकारी दिए ।

घरायसी विवाद अधिकारीले धारिलो हतियार प्रहार गर्दा उनकी श्रीमतीको घटना स्थलमै मृत्यु भएको थियो । अभियुक्तलाई घटनालगत्तै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार