0
Shares
काठमाडौं । सुनसरीको गढी गाउँपालिकामा टाउको नभएको अवस्थामा एक जनाको शव फेला परेको छ । प्रहरीका अनुसार स्थानीयबासी ५० वर्षीय ज्ञानसन ऋषिदेवको टाउको छिनाएको अवस्थामा शव फेला परेको हो ।
सोही पालिका वडा नं. २ थलाहास्थित बालुवा र सिमेन्टको रिङ बनाउने उद्योगमा सोमबार बिहान शव फेला परेको हो । घटनाबारे जानकारी पाएसँगै कुकुरसहित खटिएको प्रहरी टोलीले ऋषिदेवको शवको टाउको घटनास्थलदेखि ५० मिटर टाढा फेला पारेको थियो ।
शव र टाउको अलग अलग फेला परेसँगै उनको घाँटी काटेको देखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । ऋषिदेव बालुवा र सिमेन्टको रिङ बनाउने काम गर्दै आएका थिए ।