0
Shares
काठमाडौं । महोत्तरी गाउँपालिका १ सोनुषडाका एक पुरुषले श्रीमतीको हत्या गरी फरार भएका छन् । हबिब नदाफले श्रीमती ३६ वर्षीया रोशना खातुनको हत्या गरेका फरार भएका हुन् ।
शुक्रबार राति ६ वर्षीया छोरी सानिमासँग कोठामा सुत्न गएकी रोशनालाई कुटपिट गरी हत्या गरेपछि नदाफ फरार भएका हुन् । बिहान छोरीले रोएपछि घटना बाहिर आएको थियो ।
स्थानीयबासीले थाहा पाएपछि प्रहरीलाई खबर गरिएको थियो । खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । हत्या आरोपीको खोजी भई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।