बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ

0 Shares

काठमाडौं । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी नगरपालिका ४ बस्ने २७ वर्षीय नारायण चौधरीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

नारायणले ती बालिकालाई सोही ठाउँस्थित खडकदेवी सामूदायिक वनमा लगेर जबरजस्ती करणी गरेको आरोपमा उजुरीका आधारमा इलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार