ठगी गर्ने दुई जना पक्राउ

0 Shares

काठमाडौं । वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिने प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा ललितपुर महालक्ष्मी नगरपालिका ७ बस्ने सुर्खेत चिङगाड गाउँपालिका ५ घर भएका ३२ वर्षीय सुरेश राना र काठमाडौं गोकर्णेश्वर नगरपालिका ९ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका २ घर भएका ३३ वर्षीय राजेश बिष्ट रहेका छन् ।

बेरोजगार युवाहरूलाई आकर्षक तलबको प्रलोभनमा इटाली, रोमानिया, दुबई लगायतका देशहरूमा पठाइदिन्छु भनी पीडितबाट रकम लिई सम्पर्कविहीन भएको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

सुरेशले ८ जना पीडितहरूबाट १५ लाख ९३ हजार रूपैयाँ र राजेशले एक जना पीडितबाट एक लाख ८० हजार रूपैयाँ ठगी गरेको खुल्न आएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ ।

सम्बन्धित समाचार