0
Shares
धनगढी । डोटीमा बस दुर्घटना भएको छ । कैलालीको धनगढीबाट डोटीको दिपायलका लागि छुटेको शैलेश्वरी यातायातको ना ५ ख ४४५१ नम्बरको बस दुर्घटना भएको हो ।
दिपायलको सिलगडी नगरपालिका ४ समूहगाडमा बिहान ४ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
बसमा सवार १४ जना पुरुष र दुई जना महिला घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुको सुजङ अस्पतालमा उपचार भइरहेको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको डोटी प्रहरीले जनाएको छ ।