0
Shares
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार निगमको सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो ।
जसअनुसार पेट्रोलमा प्रतिलिटर ५ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ घटाएको हो । घटेको मूल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ ।
निगमले भारतबाट आएको नयाँ मूल्य सूचीमा पेट्रोल प्रतिलिटर ५ र डिजल तथा मट्टीतेल प्रतिलिटर २ रुपैयाँ ९६ पैसाले घटेर आएको जनाएको छ ।
नयाँ मूल्य अनुसार अब काठमाडौंमा पेट्रोलको प्रतिलिटर १६५ र डिजेल तथा मट्टीतेलको प्रतिलिटर १५५ रुपैयाँ पर्ने भएको छ ।
